पोखरामा नगरबसले स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीया दीक्षाको मृत्यु — OSNepal

पोखरामा नगरबसले स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीया दीक्षाको मृत्यु

LC (KTM) March 17, 2023 0

पोखरा-पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर