हरिवंश आचार्यको ‘काउली’ मा प्रियंका र प्रकाश — OSNepal

हरिवंश आचार्यको ‘काउली’ मा प्रियंका र प्रकाश

LC (KTM) March 17, 2023 0

काठमाडौं– हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । लोक लयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा लोक गायिका शान्तिश्री परियारले उनलाई साथ दिएकी छिन् ।

गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गरेका छन्। भिडियोमा उनीसँगै पहिलोपल्ट प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् । गीतको भिडियोमा चेलबेटी बेचबिखनको सन्देशसमेत दिन खोजिएको छ । गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।

गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको बताउँछन् आचार्य । ‘बिहे ब्रतबन्धतिर उफ्रिउफ्रि नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शकहरु पनि उफ्रिउफ्रि नाच्न सक्नुहुनेछ,’ उनले भने । यो गीतको श्यामश्वेत रसाईलीले एरेन्ज र गम्भिर विष्टले भिडियो कोरियोग्राफी गरेका हुन् । भिडियो लिंक :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर