काठमाडौंमा वर्षा — OSNepal

काठमाडौंमा वर्षा

LC (KTM) March 17, 2023 0

काठमाडौं, ३ चैत : काठमाडौँमा वर्षा भइरहेको छ । अपराह्न्नपछि काठमाडौँमा सामान्य वर्षा भइरहेको छ । लामो समयदेखि ठूलो पानी पर्न नसकेको अवस्थामा आज पनि छिटफुट वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्यका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको हो।

आज तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्। उनले आज सामान्य अवस्थामा भन्दा केही बढी हावाहुरी चले पनि ठूलै असर भने नगर्ने उनले स्पष्ट पारिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर