पुटिन र सीबीच युक्रेनबारे छलफल हुने, दुई मुलुकको सम्बन्धको ‘नयाँ चरण’ को घोषणा गर्ने — OSNepal

पुटिन र सीबीच युक्रेनबारे छलफल हुने, दुई मुलुकको सम्बन्धको ‘नयाँ चरण’ को घोषणा गर्ने

LC (KTM) March 17, 2023 0

मस्को-रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी साता सम्बन्धको ‘नयाँ युग’को सुरुवात गर्ने र युक्रेनबारे छलफल हुने क्रेमलिनका एक अधिकारीले शुक्रबार बताउनुभएको छ । “नेताहरूले नयाँ युगमा प्रवेश गरेको र व्यापक साझेदारी र रणनीतिक सम्बन्धलाई मजबुत बनाउने संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नुहुनेछ,” पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले बताउनुभएको छ ।

उशाकोभका अनुसार दुई शक्तिशाली नेताले सन् २०३० सम्मका लागि रूसी तथा चिनियाँ आर्थिक सहयोगसम्बन्धी संयुक्त घोषणापत्रमा पनि हस्ताक्षर गर्नेछन् ।

उहाँले भन्नुभयो, “दुवै नेताले द्विपक्षीय सम्बन्धका बारेमा लेखेका लेख तथा विचारहरू सोमबार रूसी र चिनियाँ पत्रिकामा प्रकाशित हुनेछन् । यो वास्तविक वार्ताको पूर्वसन्ध्यामा एक महत्वपूर्ण सङ्केत हुनेछ ।”

उहाँहरूले युक्रेनमा रूसको सैन्य अभियानलाई पनि एजेन्डामा समावेश गर्नुभएको उशाकोभले बताउनुभयो ।

“पक्कै पनि युक्रेन द्वन्द्वबारे छलफल हुनेछ । हामी यस विषयमा चिनियाँ नेतृत्वको संयमित र सुविचारित अडानको उच्च कदर गर्छौं,” उषाकोभले भने।

उहाँले बेइजिङले ‘यो सङ्कटको वास्तविक कारण बुझेको’ र गत महिना प्रकाशित युक्रेन द्वन्द्वमा चीनको शान्ति पहलको मस्कोले स्वागत गरेको बताउनुभयो ।

पुटिन र सीबीच सोमबार ‘अनौपचारिक’ भेटवार्ता र रात्रिभोज हुने र त्यसपछि मङ्गलबार औपचारिक वार्ता हुने क्रेमलिनका सल्लाहकार उशाकोभले बताउनुभयो ।मस्कोमा पुटिनसँगको भेटपछि चिनियाँ राष्ट्रपति सी बेइजिङ फर्कने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर