मुख्य प्रशिक्षक रोबर्टोले रोनाल्डोलाई गराए राष्ट्रिय टिममा पुनरागमन — OSNepal

मुख्य प्रशिक्षक रोबर्टोले रोनाल्डोलाई गराए राष्ट्रिय टिममा पुनरागमन

LC (KTM) March 18, 2023 0

काठमाडौं – युरोकप छनोट खेल्ने पोर्चुगलको टिममा क्रिस्टियानो रोनाल्डो अटाएका छन्।रो २०२४ को छनोटअन्तगर्त पोर्चुगललले यही महिना लिकटेन्स्टाइन र लक्जमबर्गसँग खेल्ने तालिकामा मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोलाई समावेश गरेका हुन्।

कतार विश्वकपको क्वाटरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि धेरैले रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमनमा शंका गरेका थिए। मार्टिनेजले पोर्चुगलको नयाँ स्क्वाडमा उनलाई समावेश गर्दै रोनाल्डो टिमको सबैभन्दा महत्वपूर्ण सदस्य भएको बताएका छन्।

आफूले खेलाडीको उमेर नहेर्ने बताएका मार्टिनेजले रोनाल्डोको अनुभव टिमका लागि उपयोगी हुने बताएका छन्।पोर्चुगलले आगमी २३ मार्चमा लिकटेन्स्टाइनलाई घरेलु मैदानमा स्वागत गर्ने तालिका छ ।

त्यसको तीन दिनपछि उसले लक्जमबर्गको भ्रमण गर्नेछ ।रोनाल्डो पोर्चुगलका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रियबाट एक सय ९६ खेल खेल्दा एक सय १८ गोल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर