सिटी सेन्टरमा माग्ने बुढा र राजसँग सेल्फी खिच्नेको घुँइचो, हेर्नुहोस् फोटोफिचर — OSNepal

सिटी सेन्टरमा माग्ने बुढा र राजसँग सेल्फी खिच्नेको घुँइचो, हेर्नुहोस् फोटोफिचर

LC (KTM) March 18, 2023 0

काठमाडौँ । शानदार व्यापार गर्दै तेस्रो हप्तामा चलिरहेको फिल्म ‘छक्का पञ्जा ४’ का कलाकारहरुले दर्शकसँगै बसेर सिनेमा हेरिरहेका छन् । माउथ पब्लिसिटीपछि झनै आक्रामक व्यापार गरिरहेको यो फिल्मले अहिले पनि राजधानी र मोफसलमा कमाइ बढाउँदै लगेको छ ।

करिब १५ करोडको हाराहारीमा कमाइसकेको फिल्मको प्रचार प्रसार र दर्शकहरुसँगै बसेर हेर्न हलहलमा दीपक राज गिरी, दिपाश्री निरौला, माग्ने बुढा, राज आचार्य, बुद्धि तामागं (हैट), लगायतका कलाकारहरु पुगिरहेका छन् ।

जसमध्ये शनिबार राजधानीको सिटिी सेन्टरमा अवस्थित बिग मुभिजमा माग्नेसँग सेल्फी खिच्नेको घुँइचो नै लाग्यो । माग्ने बुढा, राज आचार्य, बुद्धि तामागं (हैट) एकसाथ र्दशकसँग बसेर साडे २ को शो हेरे र उनीहरुले दर्शकसँगै सेल्फी खिचेर फिल्मको प्रतिक्रिया समेत लिन भ्याए ।

‘छक्का पञ्जा ४’ ले दर्शकलाई वर्तमान समाज र राजनीतिक अवस्थासँग साक्षात्कार गराएकै कारण पछिल्लो रिसिजलाई पनि दर्शकले रुचाएका छन् । हेर्नुहोस् फोटोफिचर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर