पारस खड्का आबद्ध एसिया लायन्स लिजेन्ड्स लिग इन्डिया महाराजलाई ८५ रनले हराउँदै फाइनलमा — OSNepal

पारस खड्का आबद्ध एसिया लायन्स लिजेन्ड्स लिग इन्डिया महाराजलाई ८५ रनले हराउँदै फाइनलमा

LC (KTM) March 19, 2023 0

काठमाडौं – इन्डिया महाराजलाई हराउँदै एसिया लायन्स लिजेन्ड्स लिग क्रिकेटको फाइनलमा पुगेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आबद्ध एसिया लायन्स लिजेन्ड्सले इन्डिया महाराजलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको हो ।

गएराति भएको एलिमिनेटर खेलमा इन्डिया महाराजलाई ८५ रनको फराकिलो अन्तरले हराउँदै लायन्स फाइनलमा पुगेको हो । लायन्सले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको महाराज १६ ओभर ४ बलमा १ सय ६ रनमा समेटियो ।

उसका कप्तान गौतम गम्भीरले सर्वाधिक ३२ रन बनाए । दोहामा टस जितेर पहिला ब्याटिङ रोजेको एसिया लायन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो ।

लायन्सका उपुल थरङ्गाले सर्वाधिक ५० रन बनाए । त्यस्तै मोहम्मद हफिजले ३८ रन जोडे ।नेपालका पारस खड्काले हिजोको खेलमा ब्याटिङ गर्नु परेन । यसअघि वर्ल्ड जायन्ट्स फाइनलमा पुगिसकेको छ । अब भोलि वर्ल्ड जायन्ट्स र एसिया लायन्सबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर