आफूभन्दा सानो उमेरका अजूनसँग डेट गरेका विषमा बोल्ल्दै मलाइकाले भनिन - उनी जवान छन् म पनि जवान महसुस गर्छु — OSNepal

आफूभन्दा सानो उमेरका अजूनसँग डेट गरेका विषमा बोल्ल्दै मलाइकाले भनिन – उनी जवान छन् म पनि जवान महसुस गर्छु

LC (KTM) March 19, 2023 0

एजेन्सी -बलिउड अभिनेत्री मलाइका अरोडाले आफूभन्दा सानो उमेरका व्यक्तिसँग डेट गर्न उमेरले नछेक्ने बताएकी छन् । इन्डिया टुडे कन्क्लेभ २०२३ मा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दे उनले यस्तो बताएकी हुन् ।

उनले मोडरेटर नबिलासँग आफ्नो सम्बन्ध विच्छेद र अर्जुन कपुरसँगको सम्बन्धबारे कुराकानी गर्दै प्रेमको उमेर नहुने उल्लेख गरेकी हुन् । ‘जब मैले सम्बन्ध विच्छेद गरेँ तब मलाई किन यस्तो गर्‍यौ भनेर सोधियो, किनभने यो ट्याग सधैँ मसँगै रहनेछ । त्यसपछि जब मैले सम्बन्ध विच्छेद पछि प्रेम पाएँ तब मानिसले यसले कसरी प्रेम पाइन् भनेर प्रश्न सोधे । त्यसपछि आफूभन्दा कम उमेरका पुरुषसँग प्रेम गर्दा मैले आफ्नो होस गुमाएँ समेत भनियो  उनले भनिन् ।

उनले अगाडी कुरा गर्दै भनिन् म खुसी छु कि मैले यस्तो पार्टनर पाएको छु जसले मलाई बुझ्छन् । उनी मभन्दा कान्छो छन् भने पनि ठिकै छ नि । मलाई के लाग्छ भने उनी मभन्दा जवान छन्, त्यसैले म पनि जवान महसुस गर्छु । यसले मलाई खुसी दिलाउँछ । म दुनियाँकै उत्कृष्ट छु भन्ने महसुस हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर