३ बर्षअघि रविन्द्रसँग हारेकी थिइन् कलाकार सरिता यसपटक मोहनले जित्दा आफैले जिते जस्तै भयो भन्दै छमछमी नाचिन् — OSNepal

३ बर्षअघि रविन्द्रसँग हारेकी थिइन् कलाकार सरिता यसपटक मोहनले जित्दा आफैले जिते जस्तै भयो भन्दै छमछमी नाचिन्

LC (KTM) March 19, 2023 0

काठमाडौं -नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष मोहन निरौला विजयी हुँदाख सरिता लामिछाने छमछमी नाँचेको दृष्य अहिले भाइरल छ । उनले अध्यक्ष पदमा मोहन निरौलाले जित्दा आफैले जिते जस्तो भएको भन्दै छमछमी नाचिन् ।

नलाई अन्य केही कलाकारले साथ दिएका थिए । सरिता छमछमी नाच्दा सदस्य पदमा बिजयी भएका कलाकार गोपाल ढकालले उनलाई जुरुक्कै बोकेका थिए । जुन दष्य पनि रोचक थियो । ३ बर्ष अगाडि सम्पन्न भएको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा लामिछाने अर्का कलाकार रविन्द्र खड्कासँग पराजित भएकी थिइन् ।

यो पटक भने उनले कलाकार संघमा आउने चेष्टा नै गरिनन् । बरु निरौलाले जित्दा आफैले जिते जस्तो भएको भन्दै खुशी व्यक्त गरिन् । तर, शनिबार राती सार्वजनिक भएको मत परिणाम अनुसार, अध्यक्ष पदमा मोहन निरौला बिजयी भए । मोहन निरौला बिजयी हुँदा निर्वाचन स्थलमा रौनक गज्जबको देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर