प्रधानमन्त्री प्रचण्डलाई संसदमा खोज्यो एमालेले ! — OSNepal

प्रधानमन्त्री प्रचण्डलाई संसदमा खोज्यो एमालेले !

LC (KTM) March 19, 2023 0

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्रीको खोजी गरेको छ । प्रतिपक्षी बेन्चमा बसेको दिन नै एमालेले प्रधानमन्त्रीको खोजी गरेको हो ।

आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए । तर संवैधानिक परिषद सम्बन्धी विधेयक सरकारका तर्फबाट पेश गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले विरोध गरेका हुन् ।

सरकारका कामकारबाहीका विषयमा धेरै प्रश्न उठेको भन्दै प्रधानमन्त्री आफैले ती विषयमा जवाफ दिनुपर्ने र विधेयक पनि प्रधानमन्त्रीले नै पेश गर्नुपर्ने माग एमाले सांसद रघुजी पन्तले संसदमा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर