यसकारण शेरबहादुरले अर्थमन्त्रीबाट गगन थापाको नाम काटे — OSNepal

यसकारण शेरबहादुरले अर्थमन्त्रीबाट गगन थापाको नाम काटे

LC (KTM) March 20, 2023 0

काठमाडौँ : पटक पटक प्रधानमन्त्री बन्ने इच्छा देखाएर पनि सफल हुन नसकेका काँग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएर देउवाले उनको व्यबस्थापन गर्न सफल भए । गएको महाधिवेशनमा आँफुलाई सहयोग गरेका बरिष्ठ नेता पौडेललाई राष्ट्रपति बनाउन सफल भएसँगै देउवाले प्रचण्ड नेतृत्वको सरकारमा पठाउने सांसदहरुको नाम टुंग्याउने दौडमा छन् अहिले । जसका लागि अर्थमन्त्री बन्ने उचित पात्रको खोजी काँग्रेस भित्र भइरहेको छ ।

नेपाली कांग्रेसले सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर जाने सांसद चयन गर्न नसकिरहेको र छलफलमा नै रहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिने तयारीमा छन्। उनले चैत १० भित्र सरकारले पूर्णता पाउने बताएपछि देउवा दबाबमा छन् । इच्छा राख्नेलाई पठाउन नसक्ने अनि आफूले रोजेको जान नचाहेकाले पार्टी सभापति शेरबहादुर देउवाले अझै सरकारमा नेतृत्व गरेर जाने नेताको चयन गर्न नसकेका बेला अर्थमन्त्रीका रुपमा गगन थापाबारे समेत छलफल भएको थियो। तर स्वर्णिम वाग्लेसँग गगनको निकटताका कारण उनको नाम सूचीबाट देउवाले हटाएको स्रोत बताउँछ ।

देउवा स्वर्णिमसँग पछिल्ला दिनमा सकारात्मक नभएका कारण गगनलाई अर्थ दिनु आफ्नै लागि घातक हुनसक्ने देउवा निकट नेताहरुको सुझावका कारण गगनको नाम अर्थमन्त्रीबाट हटाएर अन्य विकल्पका रुपमा देउवाले उदय शमशेर राणा र विनोद चौधरीलाई हेरेका छन् । अर्थविध वाग्लेलाई देउवाले पटक(पटक अवसर दिएपनि बारम्बार धोका दिएको भन्दै देउवा स्वर्णिमसँग देउवा झोक्किएका बेला पार्टीको नेतृत्व गराउन शेखर कोइरालालाई पठाउनेबारे पनि छलफल चलिरहेको बताइन्छ ।

शेखर आफू जानेभन्दा पनि आफ्नो समूहका नेताहरूलाई एडजष्ट गराउन बढी केन्द्रित रहेका बेला शेखर समूहबाट दीपक गिरी, बद्री पाण्डे, धनराज गुरुङ, सञ्जय गौतम जीवन परियार अनि रामनाथ अधिकारीमध्येबाट एक जना मन्त्री बन्ने भएता पनि उनीहरुलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल हुन बाँकी नै छ । काँग्रेस बढीमा नौ मन्त्रालय लिएर प्रचण्ड नेतृत्वको सरकारमा जाने तयारीमा रहेको भएता पनि कसको नेतृत्वमा जाने भन्नेबारे अहिलेसम्म पार्टीले निर्णय लिन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर