फिल्म ‘ह्यारी कि प्यारी’ फ्ल्प भएपछि थाइल्याण्ड हानिएकी साम्राज्ञी हट अवतारमा देखापरिन् — OSNepal

फिल्म ‘ह्यारी कि प्यारी’ फ्ल्प भएपछि थाइल्याण्ड हानिएकी साम्राज्ञी हट अवतारमा देखापरिन्

LC (KTM) March 20, 2023 0

काठमाडौँ । फिल्म ‘ह्यारी कि प्यारी’ र ‘तिम्रो मेरो साथ’ असफल भएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई केही दबाब त भयो नै । उनी लगातार फ्ल्प फिल्ममा ह्याट्रिक गर्न भन्दा केही समय लिने सोचमा पुगिन् ।

जसमा लागि उनी अहिले फ्रेस हुने मुडमा विगत केही दिनदेखि थाइल्याण्डमा टहलिइरहेकी छिन् । थाइल्याण्डमा रमाइलो गर्दै गरेको, घुमफिर गरेको तस्वीर उनले निरन्तर रुपमा पोष्ट गरिरहेकी छिन् । उनी नयाँ फिल्म ‘नांगो गाउँ’को छायांकन सुरु हुनु अगाडि थाइल्याण्डमा फ्रेस हुन गएको स्रोत बताउँछ । जहाँबाट उनले निरन्तर अपडेट गर्दै आइरहेका तस्विरमा उनी हट अवतारमा देखा परेकी छिन् ।

साम्राज्ञी विदेश पुगेपछि हट बन्ने गरेको पहिलो पटक भने होइन । केही बर्ष अगाडि अष्ट्रेलिया पुगेर विकिनीमा देखिएकी उनी बाली पुगेर खिचाएको तस्वीरले चर्चामा आएकी थिइन् । साम्राज्ञी फिल्म सफल होस् या असफल, सधै नै विन्दास देखिन्छिन् । तर यता नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह माथि खनिएका निर्माता निर्देशक शोभित बस्नेतले मेघा स्टार भनिएका अनमोल केसीबारे भने मौन बसेका छन् ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई व्यग्य गर्दै उनले १५ लाख लिने नायिकाले एक शोज त दर्शक हाउसफूल गराउन सक्न पर्यो नी भन्दै कटाक्ष गरेका शोभितले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको दोब्बर पारिश्रमिक लिने अनमोलबारे उनी पुरै मौन छन् ।

नायक भुवन केसी निकट मानिने शोभितले अनमोलबारे हत्तपत्त टिप्पणी गर्दैनन् । उनले अनमोलको नाम नै नलिई छड्के २ को त कुरा गर्न पनि लायक छैन , यसैले मैले यो बिषयमा केही पनि नबोलेको हुँ भनेका छन् ।

अनमोल नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक पारिश्रमिक माग गर्ने कलाकार हुँदा उनको फिल्म सुपर फ्ल्प भएको अवस्थामा उनी कति जिम्मेवार हुनुपर्ला रु फिल्म चलेन, अब खेल्नेमा राम्रो गर्छु भनेर मात्रै धर चल्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर