साउथ सुपरस्टार थालापति विजयको फिल्मले रिलिज अघिनै कमायो ६ सय ४० करोड — OSNepal

साउथ सुपरस्टार थालापति विजयको फिल्मले रिलिज अघिनै कमायो ६ सय ४० करोड

LC (KTM) March 20, 2023 0

काठमाडौं । साउथ सुपरस्टार थालापति विजयको आगामी फिल्म लियोले रिलिज अगावै ६ सय ४० करोड कमाएको छ । फिल्मले स्याटलाइट, डिजिटल, म्युजिक र नाटकीय अधिकार बेचेर यो रकम कमाएको भारतिय मिडियाले जनाएका छन् ।

फिल्म लियोको डिजिटल अधिकार नेटफ्लिक्सलाई १ सय ९२ करोडमा बेचेको छ। जसमा तमिल, तेलुगु, हिन्दी र कन्नड भाषाहरूको अधिकार समावेश छ। स्याटलाइट अधिकार सन टिभीलाई १ सय १२ करोडमा बेचेको छ । योसँगै फिल्मको म्युजिक राइट्स २९ करोडमा बिक्री भएको छ ।

नन थ्रिएटिकल राइटस् लगभग ३ सय ८४ करोडमा बेक्रि भएको छ फिल्मले थिएटर राइटस्बाट लगभग २ सय ८० करोड रुपैयाँ कमाएको छ । फिल्मलाई निर्देशक लोकेश कनागराजले निर्माण गरेका हुन् ।

त्यसैगरी स्याटलाइट अधिकार सन टिभीलाई १ सय १२ करोडमा बेचेको छ । योसँगै फिल्मको म्युजिक राइट्स २९ करोडमा बिक्री भएको छ ।निर्देशक लोकेश कनागराज र थालापति विजयले यसअघि मास्टर जस्ता ब्लकबस्टर फिल्म दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर