खेल भावना देखाएको भन्दै नेपाली क्रिकेटर आसिफलाई मिल्यो यति ठुलो अवार्ड — OSNepal

खेल भावना देखाएको भन्दै नेपाली क्रिकेटर आसिफलाई मिल्यो यति ठुलो अवार्ड

LC (KTM) March 20, 2023 0

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आयरल्यान्डसँगको खेलमा नेपालका विकेटकिपर तथा ब्याटर आसिफ शेखले खेल भावना देखाएको भन्दै इङ्ग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब एमसीसीले द २०२२ क्रिस्टोफर मार्टिन–जेनकिन्स सीएमजे स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।

क्रिकेट खेलाडीले देखाएको खेल भावनाको कदर गर्दै एमसीसीले बर्सेनि यो अवार्ड प्रदान गर्दै आईरहेको छ । सन् २०२२ को फेब्रुअरीमा ओमानमा भएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आयरल्यान्डसँगको खेलमा देखाएको खेल भावनाको कदर गर्दै एमसीसीले आसिफलाई अवार्ड दिएको हो ।

त्यस खेलमा नेपालका कमलसिंह ऐरीले गरेको १९ औँ ओभरको तेस्रो बलमा स्ट्राइकमा रहेका मार्क आदिरले रन लिने क्रममा नन स्ट्राइकबाट दैडिएका म्याकब्राइन कमलसँग ठोकिएर लडेका थिए । त्यस अवस्थामा कमलले दिएको बलमा आसिफसँग रनआउट गर्ने समय थियो । तर उनले कलमसँग ठोकिएर रन लिन ढिलो भएका कारण म्याकब्राइनलाई रनआउट गरेका थिएनन् । यो भिडियोले एकदमै ठुलो चर्चा बटुलेको थियो । आयरल्यान्डका कमेन्टेटर एन्ड्रियु लियोनार्डले शेयर गरेको भिडियोलाई १४ लाखभन्दा धेरैले हेरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर