चार अर्ब लगानी विस्तार गर्दै लिटमस — OSNepal

चार अर्ब लगानी विस्तार गर्दै लिटमस

LC (KTM) March 21, 2023 0

भैरहवा । विद्युतीय केबल तथा कन्डक्टर उत्पादन गर्ने कम्पनी लिटमस इन्डस्ट्रिजले लगानी विस्तार गर्ने भएको छ । बजारमा आक्रमण उपस्थिति कायम राखेको यस उद्योगले करिब ४ अर्ब लगानी गरी परासीमा दोस्रो प्लान्ट निर्माण गर्न लागेको हो । परासीमा करिब १५ बिघा जमिनमा नयाँ उद्योग बनाउन सुरु गरिएको कम्पनीका अध्यक्ष सरोज मिश्रले जानकारी दिए ।

घरयासीदेखि प्रसारण लाइनमा प्रयोग हुने ४०० केभीए क्षमताका कन्डक्टरदेखि केबलसम्म उत्पादन गर्दै आएको लिटमसमा रमेश कर्पको लगानी रहेको छ ।सो उद्योगले हाल बुटवल औद्योगिक क्षेत्रमा रहेको प्लान्टबाट आफ्नो उत्पादन गरिरहेको छ ।

२ बिघा क्षेत्रफलमा रहेको बुटवलको यस उद्योगमा रमेश कर्पले करिब १ अर्ब रुपैयाँ लगानी गरिसकेको कम्पनीका उपाध्यक्ष मिश्रले जानकारी दिए ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर