कागबेनीमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्नेको घुइँचो — OSNepal

कागबेनीमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्नेको घुइँचो

LC (KTM) March 21, 2023 0

म्याग्दी, ७ चैत :मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित कागबेनीमा औँसी तिथि पारेर मङ्गलबार बिहान दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न लागेका भक्तजनहरुको घुइँचो । मृत्यु तिथि नखुलेका आफन्तको नाममा कागबेनीमा चैत कृष्ण औँसी र सोह्र श्राद्धको समयमा पिण्ड दान गरेमा उनिहरुले मुक्ती पाउने हिन्दु धर्मावलम्बीहरुको विश्वास छ ।

यो पनि : भन्सार छली ल्याइएको लत्ताकपडा तथा खाद्यान्न बरामद:प्रहरीले वीरगञ्जबाट भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा तथा खाद्यान्न नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाभित्र ईनर्वागाउँ, नगवा र छपकैयाबाट अवैध रूपमा भन्सार छली ओसारपसार गर्दै गरेको अवस्थामा उक्त सामान नियन्त्रणमा लिइएको हो ।

भन्सार छली ल्याइएका पाँच लाख ७० हजार ७ सय १० रुपैया बराबरको विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामग्री आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर