यसरी घरमै बनाउनुहोस् बेग्लै स्वादको मिठो ‘अण्डा करी’ — OSNepal

यसरी घरमै बनाउनुहोस् बेग्लै स्वादको मिठो ‘अण्डा करी’

LC (KTM) March 21, 2023 0

काठमाडौं । कहिले काहीँ एउटै तरकारी खाँदा दिक्क लाग्छ । यस्तो बेला सबैभन्दा सजिलो हुन्छ एग करी । अन्डाकरी पकाउने आ–आफ्नै तरिका छन् । त्यही अन्डाकरीबाट फरक स्वाद लिने प्रयास गरेका छौं । यो तपाईंरहामी जो कोहिले सजिलै बनाउन सक्छौं । धेरै सामग्री चाहिँदैन । बनाउनका लागि झन्झट पनि छैन ।

अण्डाकरी बनाउन अन्डा (उसिनेको), हरियो केराउको दाना, चौसुर र सुपको साग, बेसनको पेस्ट, नुन, रातो खुर्सानी, गोलभेडा, प्याज र लसुनको पेस्ट, तेल, जीरा, मेथी, कालोज जीरा, पान जीरा र ज्वानोको मिश्रण आवश्यक पर्छ ।

कसरी बनाउने ?
उसिनेको अन्डाको बोक्रा छोड्याउने । उक्त अन्डा डुबाउनका लागि बेसनको घोल बनाउने । घोलमा नुन राख्ने । अब अन्डालाई बेसनको घोलमा डुबाएर तेलमा तार्ने । यसरी तारेको अन्डालाई एउटा प्लेटमा राख्ने । अब अर्को कराहीमा तेल तताउने । त्यसमा जीरा, मेथी लगायतको मसला फुराउने । त्यससँगै रातो खुर्सानी फुराउने ।

अब प्याज, गोलभेडा र लसुनको पेस्ट हालेर केही छिन पकाउने । त्यसमाथि थोरै जीराको धुलो मिसाउने । तेल र मसला छुटिएपछि मसिनो टुक्रामा काटेको साग मिसाउने । त्यसमाथि हरियो केराउको दाना राख्ने । साग र केराउ पाकेपछि अन्डा राखेर मिसाउने । अब एग करी तयार भयो । यसलाई खाना वा खाजासँग तात्तातो सर्भ गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर