यो चरा जसले पानी नै खान रुचाउँदैन, खाएको घाँसबाट नै पानीको मात्रा पुर्‍याउँछ — OSNepal

यो चरा जसले पानी नै खान रुचाउँदैन, खाएको घाँसबाट नै पानीको मात्रा पुर्‍याउँछ

LC (KTM) March 21, 2023 0

काठमाडौँ । सबैभन्दा ठूलो र उड्न नसक्ने चरा हो अस्ट्रिच । चरा प्रजातिका तुलनामा सबैभन्दा ठूलो अन्डा दिने चरा पनि हो यो । यसको अझै रोचक पक्ष त के छ भने यो चराको आँखा उसको दिमागभन्दा ठूलो हुन्छ।

९ फिट अग्लो तथा १ सय ५० किलोग्रामसम्मको यो चराको आँखा लगभग २ इन्चसम्मको हुन्छ। ७० वर्षसम्म सरदर आयु हुने अस्ट्रिच अफ्रिकाको सवाना क्षेत्रमा बढी मात्रामा पाइने गर्छ । वर्षमा करिव ५० वटा अन्डा दिने यो चरालाई मासुका लागि विश्वका धेरै देशमा पाल्न सुरु गरिएको छ ।

जसमध्ये नेपाल पनि एक हो । पानी नै खान नरुचाउने यो चरा ले खाएका घाँसबाट नै पानीको मात्रा यसले पुर्‍याउँछ ।

५० देखि ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा दौडन सक्ने अस्ट्रिचका ३ वटा औंला हुन्छन्। तर, यसको खुट्टामा भने दुईवटा मात्रै औंला हुन्छन्। जसले उसलाई छिटो दौडन सहयोग मिल्छ। नेपालको चिडियाघरमा पनि यो चरालाई देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर