मेरो श्रीमान् आदित्य चोपडा धेरै अभिनेत्रीहरूसँग काम गर्नुहुन्छ : रानी मुखर्जी — OSNepal

मेरो श्रीमान् आदित्य चोपडा धेरै अभिनेत्रीहरूसँग काम गर्नुहुन्छ : रानी मुखर्जी

LC (KTM) March 21, 2023 0

रानी मुखर्जी बलिउडकी प्रतिभाशाली अभिनेत्री हुन् । उनले फिल्म ‘राजा की आएगी बारात’ बाट बलिउडमा डेब्यू गरेकि थिईन् । करण जोहरको ‘कुछ कुछ होता है’ ले उनलाई मनोरञ्जन क्षेत्रमा छुट्टै पहिचान दिलायो । यो फिल्मले उनको ग्ल्यामर आउटलुक देखाएको छ। रानी मुखर्जी धेरै वर्षपछि फेरि फिल्ममा लागेकी छिन् । उनको फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’ चाँडै नै पर्दामा आउनेछ ।

अहिले उनी यही फिल्मको प्रमोशनमा व्यस्त छिन् । तर यसैबीच उनले श्रीमान् आदित्य चोपडाको बारेमा ठूलो खुलासा गरेकी छिन् । रानी मुखर्जीले सन् २०१४ मा आदित्य चोपडासँग विवाह गरेकी थिइन् । आदित्य चोपडा दिवंगत निर्देशक यश चोपडाका जेठा छोरा हुन्। अभिनेत्रीले आफ्नो फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’ को प्रमोशनका क्रममा आदित्य चोपडाको प्रतिक्रियाको बारेमा कुरा गरेकी थिइन् ।

फिल्ममा रानीले एक असहाय आमाको भूमिका निर्वाह गरेकी छिन् जसका छोराछोरीलाई नर्वेली बाल कल्याण समाजले जबरजस्ती लैजान्छ । त्यो आमाको भूमिकालाई राम्ररी निर्वाह गर्दै उनले सम्पूर्ण प्रणालीसँगको लडाइलाई पर्दामा प्रस्तुत गरेकी छिन् । उनले भनिन्, -मेरो श्रीमान् यति धेरै अभिनेत्रीहरूसँग काम गर्नुहुन्छ , मैले किन अन्य निर्माताहरूसँग काम नगर्ने रु मलाई राम्रो स्क्रिप्ट चाहियो – यशराज फिल्म्सको होस् वा अरू कोही।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर