मोन्टी देसाइले भने अब नेपाली खेलाडीलाई भारत र रणजी ट्रफी खेल्न दिनुपर्छ — OSNepal

मोन्टी देसाइले भने अब नेपाली खेलाडीलाई भारत र रणजी ट्रफी खेल्न दिनुपर्छ

LC (KTM) March 21, 2023 0

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले नेपाली टिमलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्ने बताएका छन् ।क्रिकेट सम्बन्धी अनलाइन क्रिकबजसँग कुराकानी गर्दै उनले यस्तो बताएबा हुन् ।

नेपालको प्रशिक्षक बनेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु मा १२ मध्ये ११ खेल जिताएर नेपाललाई विश्वकप क्वालिफायरमा छनोट गराएर चर्चामा आएका उनले पाललाई भारतमा खेलाउने धारणा व्यक्त गरेका हुन् ।

नेपालसँगै खेल्न सुरु गरेको अफगानिस्तानसहित सबै छिमेकी राष्ट्र टेस्ट मान्यता प्राप्त गरिसकेको समेत उनले यस्तो बताए जब स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीले इंग्ल्यान्डमा खेल्छन्, हाम्रो टोलीलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ ।

उनले यसबारे बीसीसीआईका सचिव तथा एसीसीका अध्यक्ष जय शाहलाई भनेको समेत बताएका छन् ।उनले भारत र रणजी ट्रफी खेल्न पाए नेपाल चार वर्षमा टेष्ट खेल्ने राष्ट्र हुने उनको दाबी छ ।भारतको पहिलो श्रेणीको क्रिकेट प्रतियोगिता रणजी ट्रफीमा ३८ टोलीले प्रतिस्पर्धा गर्छन् ।१२ मध्ये ११ खेल जिताएपछि मोन्टीको तारिफ भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर