स्वास्थ्यकर्मी बलियो भए मात्र नागरिक स्वास्थ्य हुन्छन्: प्रदेश सदस्य सुरेश श्रेष्ठ — OSNepal

स्वास्थ्यकर्मी बलियो भए मात्र नागरिक स्वास्थ्य हुन्छन्: प्रदेश सदस्य सुरेश श्रेष्ठ

LC (KTM) March 21, 2023 0

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले स्वास्थ्यकर्मी बलियो भए मात्र नागरिक स्वस्थ हुने बताउनुभएको छ । नेपाल स्वास्थ्य कर्मी युनियनको चौथो भक्तपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्यकर्मी तन मन र बचनले बलियो भए मात्र नागरिक स्वास्थ्य हुने बताउनुभएको हो ।

नेपालमा स्वास्थ्य कर्मी आफै आफ्नो हक हितका लागि लड्नु पर्ने बाध्यता रहेको छ, सङ्घ प्रदेश र स्थानीय तहको संरचनाको मारमा स्वास्थ्यकर्मी पनि परेका छन् । अहिलेको अवस्थामा स्वास्थ्य कर्मी आफै खुम्चनु पर्‍यो भने आम नागरिकको अवस्था के हुने यसको विषयमा सोच्नु पर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

उहाँले हाल सम्म पनि सङ्घीयता कार्यान्वयनको अवस्थामा नपुगेको बताउँदै यसको मार स्वास्थ्य क्षेत्रमा पनि परेको बताउनुभएको थियो ।सङ्घीयता कार्यान्वयनको अलमलका कारण स्वास्थ्य, शिक्षा र रोजगारीमा असर परेको छ अझ कर्मचारीको समस्या त झन् ठुलो छ स्थायी सरकार अर्थात् कर्मचारीको समस्या त समाधान भएको छैन भने कसरी अरूको समस्यामा तीन तहका सरकार पुग्छन् भन्ने नै अन्योल भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्यका प्रमुख कृष्ण मिजारले स्वास्थ्य क्षेत्रमा भएको समस्या समाधानमा सबै मिलेर लाग्नु पर्ने बताउनुभयो ।अधिवेशनले नयाँ कार्यसमितिको चयन समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर