दुई दशकदेखि स्थानीय जातका गाईपालनमा जमेका रामपुरका वासुदेव — OSNepal

दुई दशकदेखि स्थानीय जातका गाईपालनमा जमेका रामपुरका वासुदेव

LC (KTM) March 21, 2023 0

रामपुर -व्यवसाय सञ्चालन गर्ने र छोड्ने नेपाली समाजको वास्तविकतामा रामपुरका वासुदेव ढुङ्गाना भने फरक देखिनुभएको छ । दुई दशकदेखिको गाईपालन व्यवसायलाई निरन्तरता दिँदै आउनुभएका ढुङ्गानाले आफ्नो कामलाई थप व्यावसायिक बनाउनुभएको छ । करिब दुई दशक अघिदेखि नै ढुङ्गानाको घरमा स्थानीय जातका गाई पालिन्थ्यो । स्थानीयवासी गाईको दूधले मानव शरीरलाई पोषिलोपन दिने भएकाले उहाँ जानकार भएदेखि नै घरमा अनिवार्यजसो गाईपालन गर्नुहुन्थ्यो ।

गाईलाई लक्ष्मीका रुपमा हिन्दू समुदायमा पुज्ने तथा पोषिलो दूध सेवन गर्न पाइने हुँदा स्थानीयले गाई पालनलाई नै जोड दिँदै आएका छन् । घरायसी दूध प्रयोजनका लागि मात्र गाईपालन गर्नुभएका पाल्पा रामपुर नगरपालिका–५ स्थित सानीअमराई बस्ने ढुङ्गाना अहिले भने उन्नत जातका गाईपालनबाट समाजमा अनुकरणीय बन्नुभएको छ ।

लामो समयसम्म निरन्तर गाईपालनमा लाग्ने उहाँको शैली, जोश र उत्साह बेग्लै खालको छ । जीवनमा कुनै पनि कुरामा विचलित नहुने ढुङ्गानालाई सङ्घर्ष र मेहनतले पाल्पामा अब्बल गाईपालन किसानको रुपमा परिचित बनाएको छ । यस व्यवसायबाट समाजमा नाम र दाम दुबै मिलेपछि उमेरले बुढ्यौलीपनमा छोए पनि व्यवसायमा अझै जोश जागर थपिँदैछ । उहाँ अहिले उमेर ६४ वर्षको हुनुभयो ।

“पहिला त ब्राह्मणका घरमा प्रायजसो स्थानीय जातका धेरैथोरै गाईपालन गर्ने चलन थियो, स्थानीय जातका गाईले पोषिलो दूध दिने, औषधिको रुपमा प्रयोग गरिन्थ्यो”, उहाँले भन्नुभयो,–“यसले व्यवसायमुखी हुन सकिएन, पशुपालनबाट आम्दानी पनि बढाउनुप¥यो भनेर स्थानीय छाडेर उन्नत जाततर्फ आकर्षित भइयो” ।

उहाँले विसं २०६० देखि तराईका विभिन्न स्थानबाट उन्नत गाई खरिद गरी व्यवसाय सुरु गर्नुभएको हो । व्यवसायलाई विस्तार गर्दैै जाँदा विसं २०७३ मा कामधेनु उन्नत पशुपालन फार्म दर्ता गरी व्यवसायमा लाग्नुभएको छ, ढुङ्गाना । उहाँको फार्ममा हाल साना ठूला गरी १३ वटा गाई र एक भँैसी छन् । तीमध्ये अहिले दुईवटा गाई, एक भैँसीबाट दूध उत्पादन भइरहेको छ भने चारवटा गाई ब्याउने छन् ।

हाल दैनिक गाई र भैँसीबाट ३० लिटर दूध उत्पादन भइरहेको उहाँले बताउनुभयो । रामपुर बेझाड बजारस्थित अमृत दुग्ध भण्डारमा गाईको प्रतिलिटर रु ६५ र भैँसीको प्रतिलिटर रु ८५ मा दूध बिक्री गरिरहनुभएको छ । उहाँले बढीमा ६५ लिटरसम्म दूध उत्पादन गरी बजारमा खपत गर्न सफल हुनुभएको छ । “गोठमा पालिएका गाईभैँसीबाट राम्रै दूध उत्पादन भइरहेको छ, घर नजिकै बजार रहेको हुँदा बिक्री गर्न झण्झट छैन, बिहान उत्पादित दूध बजार लग्यो बेच्ने, हातमा दाम बुझ्यो, यसले व्यवसायमा हौसला बढिरहेको छ”, उहाँले खुसी हँुदै भन्नुभयो ।

एक गाईबाट उहाँले एक पटकमा बढीमा २५ लिटरसम्म र कम्तीमा १२ लिटर दूध उत्पादन लिँदै आउनुभएको छ । राम्रोसँग समय समयमा दानापानी, घाँसपात पु¥याउन सकियो भने एक छाकमै धेरै दूध उत्पादन लिन सकिने उहाँको अनुभव छ । उहाँले एक महिनामा बढीमा रु एक लाख र कम्तीमा रु ४० हजारसम्म दूध बिक्रीबाट आम्दानी लिइरहेको बताउनुहुन्छ ।

आफ्नै जग्गामा दुईवटा गोठको संरचना तयार पारेर गाईपालन गरिरहनुभएको छ । गाईको दूध बिक्रीबाट मात्र नभइ मल बिक्री गरेर पनि किसान ढुङ्गानाले आम्दानी लिइरहनुभएको छ । गाउँघरमा खेतबारीमा गाईभँैसीको मल प्रयोग गर्ने किसानाई एक ट्र्याक्टर मल रु आठ हजारमा बिक्री हुने गरेको छ ।

उहाँ भन्नुहुन्छ, “यस व्यवसायबाट म सन्तुष्ट छु, घरमा दिन बिताउने माध्यम बनेको छ, बिहान साँभm केही समय काम गरेपछि दिनभर फुर्सदिलो भइन्छ, दूध दुहेर बजार पठाएर लिएको आम्दानीले व्यवसायमा ऊर्जा दिएको छ ।” उहाँले तराईबाट खरिद गरेका पाँच उन्नत जातका गाईबाट व्यवसाय थालनी गर्नुभएको हो ।

अहिले सोही गाईबाट उत्पादन भएका गाई आम्दानीको स्रोत बनिरहेको छ । जर्सी र होलस्टिन गाईलाई खानपान, घाँसपात समयमा मिलाएर दिन सकियो भने दूध उत्पादन राम्रो दिने ढुङ्गानाको अनुभव छ । एक पटक ब्याएको गाई अर्को पटक ब्याउनुअघि दुई महिना दूध दुहुन छाड्ने गरेको उहाँ बताउनुहुन्छ ।

स्थानीय जातको गाईपालनसमेत गर्नुभएका उहाँ अहिले उन्नतमा जोड दिए पनि स्थानीय गाईको दूध सेवन गर्दा स्वाद नै बेग्लै हुने, चरनका कारणले तागतिलो हुने तर आयस्रोत लागि भने स्थानीय गाईबाट आम्दानी लिन नसकिने अनुभव सुनाउनुभयो । आफ्नै प्रशस्त जग्गा रहेकाले विभिन्न उन्नत जातका घाँसपात लगाउनुभएको छ । उहाँले यस व्यवसायका अलवा घरमा तरकारी, फलफूल तथा अन्नबाली समेत उत्पादन गर्दै आउनुभएको छ ।

केरा, आलु, धान, मकैलगायतका विभिन्न बालीनाली लगाउनुभएको छ । प्रशस्त गोठमेल खेतीपातीमा प्रयोग गर्दा उत्पादन राम्रो भएको छ । एउटा व्यवसायबाट अन्य व्यवसायमा सघाउ पुग्ने भएकाले किसान राम्रो आर्थिक लाभ लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर