एनआरएनए अमेरिका उपाध्यक्ष पराजुलीले भावी नेतृत्वका लागि बनाए यस्ता रणनीति, प्रचार प्रसार सुरु — OSNepal

एनआरएनए अमेरिका उपाध्यक्ष पराजुलीले भावी नेतृत्वका लागि बनाए यस्ता रणनीति, प्रचार प्रसार सुरु

LC (KTM) March 21, 2023 0

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० अमेरिकाका उपाध्यक्ष एवं सदस्यता विस्तार कमिटीका संयोजक दिलु पराजुलीले थप रणनीतिका साथ भावी नेतृत्वमा आफ्नो उपस्थिती बलियो बनाउने गरी तयारी थालेका छन् ।

संयोजक पराजुलीले सबै गैरआवासीयहरुको विश्वास भयो भने आफु भावी नेतृत्व लिन तयार रहेको उद्घोष गरेसँगै एनआरएनए अमेरिकामा एक खालको चुनावी सरगर्मी सुरु भएको छ । समय अनुकुल र सबै गैरआवासीय नेपालीहरुको आवश्यकताका लागि आँफुले नेतृत्व लिन तयार रहेको बताउँदै उपाध्यक्ष दिलु पराजुलीले आफ्नै गृहराज्य केन्टकीबाट आइतवार साँझ औपचारिक रुपमा प्रचार प्रसार समेत सुरु गरिसकेका छन् ।

दुई वर्ष भन्दा बढीको प्रतिक्षा पछि एनआरएनए अमेरिकाले मार्च ६ तारिक देखि सदस्यता खुल्ला गरेको समयमा अहिलेको आफ्नो मुख्य उद्देश्य जति सक्दो धेरै सदस्य बनाउने रहेको बताएका छन् । एनआरएनए अमेरिका पहिलो पटक अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को एमआईएस प्रणालीबाट सदस्यता बनाउन लागेको छ । मे महिना को १५ तारिख सम्म एनआरएनए अमेरिकाको सदस्यता लिन सकिनेछ । जसका लागि अब ‘एप’ बाट मात्र सम्भव छ। करिब डेढ सय जना उपस्थित रहेको कार्यक्रममा बोल्दै संयोजक पराजुलीले भने समय छोटो भएको र एमआईएस प्रणालीका बारे धेरै नै जिज्ञासा उठेकाले आफुहरुले विषेश अभियान नै शुरु गरेका छौँ ।

उनले दोहोरो नागरिकताको कुरादेखि करसम्मको कुराका लागि यो संस्थाबाट नेपाल सरकारसँग लभिङ्ग गरिने पनि बताए । बीस हजार भन्दा बढी अहिले एनआरएनए अमेरिकाको सदस्य रहेता पनि यो संख्या बढाउनमा आफ्नो पहल रहने समेत संयोजक पराजुलीले बताए । उनले भने हामी समृद्दि हुँदै गर्दा, विदेशमा बस्दा हामी एनआरएनएहरुलाई समस्या पर्दा एकले अर्कोलाई सहयोग गरिरहेको हुन्छ। व्यक्तिगत भन्दा संस्था मार्फत गयौ भने समस्याको समाधान हामी गर्न सक्छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर