दुर्लभ वन्यजन्तु सालकको खपेटार २० हजार रूपैयाँ सहित सन्तोषी पक्राउ — OSNepal

दुर्लभ वन्यजन्तु सालकको खपेटार २० हजार रूपैयाँ सहित सन्तोषी पक्राउ

LC (KTM) March 21, 2023 0

डौं, ७ चैत -टोखा नगरपालिका-११ गोंगबु मनमैजु पुलबाट अन्दाजी साढे २ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले श्रेष्ठले संचालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा र २० हजार रूपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित पक्राउ – सुनसरी, धरान उपमहानगरपालिका-२० स्थित सडकबाट अवैध लागूऔषध गाँजा ३१ केजीसहित धनकुटा सागुरीगढी गाउँपालिका-९ घर भएका २५ वर्षीय जितेन राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रदेश १-०२-०५१ प २३०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी धरान उपमहानगरपालिका-११ बस्ने ४७ वर्षीया विष्णु माया राईको घरबाट लुकाई छिपाई राखेको अवैध लागूऔषध गाँजा ३१ केजी फेला पारी राईलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ ।

झापा, बिर्तामोड नगरपालिका-३ बिर्ताबजारबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय मिलिग्राम र नगद ६ हजार ७ सय ५० रुपैयाँसहित सोही नगरपालिका-२ बस्ने २६ वर्षीय दयालाल राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर