चन्द्रकोट गाउँपालिकाले सोमपाललाई नगद सहित सम्मान गर्ने — OSNepal

चन्द्रकोट गाउँपालिकाले सोमपाललाई नगद सहित सम्मान गर्ने

LC (KTM) March 21, 2023 0

गुल्मी – गृह पालिका चन्द्रकोटले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीलाई सम्मान गर्ने भएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जन्मिएका क्रिकेटर कामीलाई पालिकाले ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरी गुल्मी जिल्ला र चन्द्रकोट गाउँपालिकाको गौरव बढाएको भन्दै क्रिकेटर कामीलाई थप हौसला प्रदान गर्न सम्मान गर्न लागिएको पालिकाले जनाएको छ ।

नेपाल एकदिवसीय विश्व कपको क्वालिफायरमा पुग्दा क्रिकेटर कामी टोलीको सदस्य थिए ।अहिले कामी प्रशिक्षणमा रहेका हुँदा उपयुक्त समय निकालेर उनको उपस्थितिमा एक कार्यक्रमका आयोजना गरेर सम्मान गरिने गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर