दाङमा जङ्गली जनावरको २० किलो सुकुटीसहित ४९ वर्षीय कमानसिंह समातिए — OSNepal

दाङमा जङ्गली जनावरको २० किलो सुकुटीसहित ४९ वर्षीय कमानसिंह समातिए

LC (KTM) March 21, 2023 0

दाङ, ७ चैत-दाङको देउखुरीबाट जङ्गली जनावरको २० किलो सुकुटीसहित आज मङ्गलवार एक जना पक्राउ परेका छन् ।

राजपुर गाउँपालिका–७ का ४९ वर्षीय कमानसिंह विक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका विकलाई जङ्गली जनावरको २० किलो सुकुटीसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर