स्वतन्त्र पत्रकार संघ काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे — OSNepal

स्वतन्त्र पत्रकार संघ काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे

LC (KTM) March 21, 2023 0

काठमाडौं, ७ चैत-स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे निर्वाचित भएका छन् । शाखाको मंगलबार राजधानीमा भएको छैटौं साधारणसभा तथा पाँंचौ अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँं कार्यसमिति चुनिएको हो । 

शाखाको उपाध्यक्षमा सावित्री वस्नेत, सचिवमा कृष्णराज तिमिल्सिना, सहसचिवमा अनिल पाण्डे र कोषाध्यक्षमा रीता श्रेष्ठ प्रधान चुनिएका छन् । निर्वाचित पदाधिकारीलाई केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले अविर तथा फुलमाला प्रदान गरी बधाई दिएका थिए । यसअघि अधिवेशनको उदघाटन केन्द्रिय अध्यक्ष बास्तोलाले गरेका थिए ।  
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर