अहिलो अडिसनबाट पाँचौं ब्युटिसियन ट्यालेन्ट नेपालमा १३ जना चयन — OSNepal

अहिलो अडिसनबाट पाँचौं ब्युटिसियन ट्यालेन्ट नेपालमा १३ जना चयन

LC (KTM) March 21, 2023 0

काठमाडौं- ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२३’ पाँचौं सृँखलाको काठमाडौंमा पहिलो अडिसन सम्पन्न भएको छ । पहिलो अडिसनमा राजधानी र मोफसलबाट विभिन्न व्युटिसियनहरु सहभागी भएका थिए । नेपालका व्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि ६ वर्षबाट हुँदै आएको छ ।

यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको लागि पहिलो अडिसनबाट १३ जना प्रतियोगीहरु चयन भएका छन् । जसमा मनिषा श्रेष्ठ, प्रमिला दर्नाला (पुजा), श्वेता मगर श्रेष्ठ, दीपा श्रेष्ठ, आयुषा खड्का, मन्दिरा श्रेष्ठ, रजनी खड्का, सञ्जिना सितिखु, सुनिता प्रजापति मानन्धर, पुनम साउद, संगीता सुवेदी, प्रनिशा डंगोल र उर्मिला मानन्धर थिए ।

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालि.द्धारा आयोजित यो प्रतियोगिताको लागि दोश्रो अडिसन यही १० चैतमा राखिने भएको छ । अडिसन सम्पन्न भएपछि १२ चैटबाट प्रशिक्षण सुरु गर्ने र आगामी २८ चैतमा पाँचौ व्युटिसियन ट्यालेन्ट नेपाल २०२३ को एक भव्य समारोहबी चयन गरिने पनि आयोजक संस्था रोज ब्युटी एकेडेमीकी अध्यक्ष एव्म बरिष्ट व्युटिसियन सोनी कारँजितले कार्यक्रममा बताएकी छिन् ।

आईतबार सम्पन्न अडिसनको निर्णायकमा हास्य अभिनेत्री पल्पसा डँगोल, अग्रज व्युटिसियन अनिता खड्का रायमाझी, लायन्स सुरेन्द गिरी, ब्युटिसियन ट्यालेन्ट नेपालकी पहिलो बिजेता तथा गायिका÷सञ्चारकर्मी सरिता भारती र कस्मेटिक विज्ञ परिषी कारंजित थिए ।
प्रतियोगीहरुलाई ब्युटिसियन सम्बन्धि दुई साता लामो विभिन्न प्रशिक्षण दिएर बल्ल फाईनल प्रतियोगितामा उतारिने भएको छ । बिजेताले काठमाडौं बैंकक काठमाडौंको ५० हजार रुपैयाँ बराबरका हवाई टिकट प्राप्त गर्ने आयोजक पक्षले जनाएको छ ।

प्रशिक्षणको क्रममा ५० हजार भन्दा बढी मुल्यको व्युटिसियन समबन्धि विभिन्न प्रशिक्षण दिईने विलक्षण क्रियसनका अध्यक्ष डब्बु क्षत्रीले बताएका छन् । उनका अनुसार व्युटिसियनहरुलाई पार्लरबाट नियमित रुपमा र्याम्प र स्टेजमा ल्याउँदै आएको यो नै व्युटिसियन सम्बन्धि नेपाली पेजेन्ट हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर