नाटु नाटु गीतको अटोलाइट भर्जन भाइरल , एलेन मस्कको कम्पनिले दियो सलामी — OSNepal

नाटु नाटु गीतको अटोलाइट भर्जन भाइरल , एलेन मस्कको कम्पनिले दियो सलामी

LC (KTM) March 21, 2023 0

एसएस राजामौली निर्देशित फिल्म आरआरआरको नाटु नाटु गीतको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा टेस्लाका कारहरू कसरी नाटु(नाटु गीतमा नाचिरहेको देख्न सकिन्छ। विश्वकै धनी व्यक्ति मानिने एलोन मस्कको कम्पनी टेस्लाले फिल्म आरआरआरलाई अटोलाइट संस्करणमार्फत सलाम गरेको छ ।

आरआरआर राजामौलीको फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज भएर चर्चामा आएको छ। योसँगै फिल्मले गोल्डेन ग्लोब र ओस्कार अवार्डका साथै धेरै अवार्ड जितेको थियो । आरआरआर ओस्कार जित्ने पहिलो हिन्दी फिल्म हो। अब एलोन मस्कको कम्पनी टेस्लाले लाइट शोमार्फत श्रद्धाञ्जली दिएको छ । आरआरआरको गीत नातु नातुले भारतीय दर्शकमा मात्रै होइन, विदेशमा पनि प्रष्ट देख्न थालेको छ ।

यो गीतले भर्खरै उत्कृष्ट मौलिक गीतको विधामा ओस्कार जितेको छ । ओस्कार अवार्ड जितेपछि यो गीत नाटु नातुले विश्वभर चर्चा मच्चाइरहेको छ, तर मानिसहरुले देश विदेशमा पनि लगातार रिल्स र भिडियो बनाएर सामाजिक सञ्जालमा धमाधम पोस्ट गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर