आज राति पनि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना — OSNepal

आज राति पनि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

LC (KTM) March 21, 2023 0

काठमाडौं, ७ चैत -मंगलबार राति तीन प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मंगलबार राति बागमती, मधेश र कोशी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावा-हुरी/असिनासहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ्ग तथा हावा-हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर