आफ्नी श्रीमतीलाई लामखुट्टेले टोकेर हैरान पारेको भन्दै यी युवकले गुहारे प्रहरी — OSNepal

आफ्नी श्रीमतीलाई लामखुट्टेले टोकेर हैरान पारेको भन्दै यी युवकले गुहारे प्रहरी

LC (KTM) March 22, 2023 0

काठमाडौं । आफ्नी गर्भवती श्रीमतीलाई लामखुट्टेले टोकेर हैरान परेको भन्दै एक पतिले प्रहरीलाई गुहारेका छन् । की गर्भवती महिलालाई लामखुट्टेले टोकेर सताएपछि केही मेसोमेलो नपाएका श्रीमानले एक्कासी प्रहरीलाई बोलाए । खबर हो उत्तर प्रदेशको सम्भल जिल्लाको एक निजी अस्पतालको ।

जहाँ भर्ना भएकी गर्भवती महिलालाई लामखुट्टेले टोकेर सताएको भन्दै मध्यरातमा यूपी पुलिस अस्पतान नै पुग्छ । प्रहरी मुख्यालयबाट निर्देशन पाएलगत्तै डायल ११२ प्रहरी लामखुट्टे निरोधक सामग्री लिएर केही बेरमा अस्पताल पुगेर लामखुट्टे निरोधक सामग्री ट्विट गर्ने व्यक्तिलाई दिन्छन् ।

अपत्यारिलो लाग्ने यो खबर सत्य हो । ति पुरुषले मध्यरातमा गर्भवती श्रीमतीलाई लामखुट्टेले सताए लगत्तै असदले युपी प्रहरीको ११२ र सम्भल प्रहरीलाई ट्वीट गर्दै लेखेका छन्, ‘मेरी श्रीमतीले चन्दौसीको हरिप्रकाश नर्सिङ होममा एउटी सानो परीलाई जन्म दिएकी छिन् । तर मेरी श्रीमतीलाई यहाँ पीडा छ ।’

भनेपछि प्रहरी तत्कालै अस्पताल पुगेको ति युवकले गरेको ट्विटमा उल्लेख छ । युवकले लेखेका छन्, ‘धेरै लामखुट्टेले टोक्छन् । कृपया मलाई तुरुन्तै मार्टिन कोइल प्रदान गर्नुहोस्। त्यसपछि युपी प्रहरीको ११२ नम्बरको ट्वीटर अकाउन्टबाट उक्त युवकलाई जवाफ दिइयो र केही समयमै सम्भल जिल्लाको डायल ११२ को पीआरभी ३९५५ मोर्टिन कोइल लिएर अस्पताल पुग्यो ।

प्रहरीले युवा ट्वीटर असद खानलाई लामखुट्टेबाट छुटकारा पाउन पद्धत गरेसँगै उनले सम्भल प्रहरीलाई हृदयदेखि नै धन्यवाद दिन्छन् । रातको २.४५ बजिसकेको समयमा पनि प्रहरीले गरेको सहयोग देखेर ति युवा निकै खुशी देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर