संसारमा सबैभन्दा बढी सुन भारतीय महिलाहरुले लगाउँछन् — OSNepal

संसारमा सबैभन्दा बढी सुन भारतीय महिलाहरुले लगाउँछन्

LC (KTM) March 23, 2023 0

काठमाडौँ । नेपाल भारत लगायतका देशहरुमा बढी गरगहनाको प्रयोग हुन्छ । त्यो पनि सुनका । जसमध्ये भारतको हिन्दु परम्परामा जन्मदेखि मृत्युसम्मका सबै १६ संस्कारहरूमा सुनका गरगहनाको विशेष महत्त्व रहँदै आएको छ। भारतमा जस्तै नेपालमा पनि न्वारन, व्रतबन्ध, विवाह, दान दक्षिणा सबैमा सुनको महत्त्व उत्तिकै रहँदै आएको छ ।

कुनै पनि सभा९समारोह र विशेष चाडपर्वमा भारतीय महिलाले सुनका गरगहना लगाउने गरेका कारण पनि सुनको खपत अत्यधिक हुने गरेको छ । नेपालमा सुनको मूल्य आकाशिएर १ लाख माथि पुगि सक्दा पनि सुनको खपत पहिलाकै तरिकाले नै भइरहेको पाइन्छ । सन् २०२० को एक प्रतिवेदनमा भारतीय महिलाहरूसँग २४ हजार टन सुन भण्डार रहेको विश्व सुन महासंघले जनाएको छ । भारतमा ४ हजार टन सुन विभिन्न मन्दिरमा रहेको छ ।

विश्व सुन महासंघका अनुसार भारतीय महिलाले विश्वको कूल सुन भण्डारको ११ प्रतिशत हिस्सा आभूषणका रूपमा ओगट्ने गरेका छन् । भारतले करिब आफ्नो देशमा ल्याउने मध्ये आधा जति सुन स्विजरल्यान्डबाट आयात गर्ने गरेको छ। जसको प्रतिशत ४५ दशमलव ८ प्रतिशत सुन हुन आउँछ ।

त्यस्तै अन्य देशहरु दक्षिण अफ्रिकाबाट ७ दशमलव ३ प्रतिशत र गिनीबाट ५ प्रतिशत आयात गर्दै आएको छ भने युनाईटेड अरब इमिरेट्सबाट १२ दशमलव ७ प्रतिशत, दक्षिण अफ्रिकाबाट ७ दशमलव ३ प्रतिशत र गिनीबाट ५ प्रतिशत आयात गर्ने गरेको भारतीय समचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर