भारी वर्षासँगै परेको चट्याङ लागेर ४२ जनाको मृत्यु, २३ जना घाइते — OSNepal

भारी वर्षासँगै परेको चट्याङ लागेर ४२ जनाको मृत्यु, २३ जना घाइते

LC (KTM) July 12, 2021 0

काठमाडौं । भारतमा चट्याङ लागेर ४२ जनाको दुखद निधन भएको छ । भारतिय मिडियाका अनुसार भारत र उत्तर प्रदेशमा आइतबार भएको भारी वर्षाको क्रममा चट्याङ लाग्दा ४२ जनाले ज्यान गुमाएका हुन् ।फरक(फरक स्थानमा चट्याङले लागेर थप २३ जना मानिसहरु घाइते भएका छन् ।

त्यस्तै २४९ पशुहरुको मृत्यु भएको बताइएको छ ।मृत्यु हुनेमध्ये १३ जना प्रयागराजका मानिसहरु छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रयागराजका १३ जनाको परिवारलाई चाररचार लाख राहत उपलब्ध गराउने घोषणा गरेका छन् । त्यस्तै राजस्थानमा पनि चट्याङको कारण केही मानिसहरुको मृत्यु भएको बताइएको छ ।

आमेर किला क्षेत्रमा चट्याङ लागेका करिब २९ जनालाई उपचारको लागि अस्पतालमा लगिएको र उनीहरु मध्य १६ जनाको मृत्यु भएको राजस्थानको राजधानी सहर जयपुरका प्रहरी आयुक्त आनन्द श्रीवास्तवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर