सकियो झोल साबुन बनाउने तालिम • OSNepal

सकियो झोल साबुन बनाउने तालिम

Osnepal Admin (KTM) March 25, 2023 0

भक्तपुर, ११ चैत – झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा एकदिने झोल साबुन बनाउने तालिम शनिबार सम्पन्न भएको छ ।

संस्थाको व्यवसाय प्रवद्र्धन उप–समितिको संयोजनमा सम्पन्न तालिममा संस्थाका निवर्तमान अध्यक्ष तुल्सीराम ग्वाछाले प्रशिक्षक दयालक्ष्मी त्वातीलाई तालिम सामग्री हस्तान्तरण गरी तालिम उद्घाटन भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष बलराम गोसाईले सफाइको महत्वलाई झल्काउन सावुन बनाउने तालिम दिएको बताए । तालिमपछि व्यवसायीक बन्न औपचारिक रुपमा सम्बन्धित निकायमा व्यवसाय दर्ता गरी व्यवसाय गर्नुपर्ने कुरालाई उनले जोड दिए ।

कार्यक्रमको उद्घाटनमा व्यवसाय प्रवद्र्धन उप–समितिका संयोजक नाती तुईतुई, संस्थाका उपाध्यक्ष नारायणप्रसाद कवां, सचिव हरिकृष्ण दनेगुलु, व्यवसाय प्रवद्र्धन उप–समितिका सदस्य कृष्णमाया कवां र प्रशिक्षक दयालक्ष्मी त्वातीले पनि तालिमको महत्वको बारेमा आ–आफना विचार व्यक्त गरेका थिए । तालिममा १८ जना प्रशिक्षार्थीहरु सहभागी थिए । तालिमपछि उनीहरुलाई  प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर