मिसन ग्रासरुटले एमालेको उपचार गर्छ : उपाध्यक्ष ज्ञवाली — OSNepal

मिसन ग्रासरुटले एमालेको उपचार गर्छ : उपाध्यक्ष ज्ञवाली

LC (KTM) March 25, 2023 0

दमौली-नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले सञ्चालन भइरहेको मिसन ग्रासरुट अभियानले एमालेको उपचार गर्ने बताउनुभएको छ । नेकपा (एमाले) तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज भानु नगरपालिका–१ भन्सारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्ञवालीले पार्टीमा रहेका रोग हटाउन मिसन ग्रासरुटले सहयोग पुग्ने बताउनुभयो ।

“मिसन ग्रासरुट अभियानमा प्रत्येक टोलमा पुग्नुपर्छ, यो अभियानले एमालेको उपचार गर्छ, रोगहरू हटाउँछ र पार्टी पहिलेको भन्दा स्वस्थ बन्छ”, ज्ञवालीले भन्नुभयो, “आफ्ना असन्तुष्टिलाई थाँती राख्नुपर्छ । यो महाअभियान हो, सबै जना लाग्नुपर्छ ।”

तनहुँ–१ मा वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा ज्ञवालीले उम्मेदवार हुन कार्यकर्ताले मन पराउने मान्छे आवश्यक रहेको बताउनुभयो । “जितेरमात्रै हँुदैन, टिक्ने पनि हुनुप¥यो, विगतमा धेरैले जितेर गए पनि टिक्न नसक्ने पनि छन्”, ज्ञवालीले भन्नुभयो, “ंसधैँभरि पार्टीको पक्षमा लाग्न सक्ने उम्मेदवार चाहिन्छ । सबै पार्टी कमिटी एकताबद्ध भएर चुनावमा लाग्नुपर्छ ।”

ज्ञवालीले चुनाव एउटा लडाइँ भएकाले त्यो लडाइँ एमालेले जित्नुपर्ने जिकिर गर्नुभयो । कम्युनिष्टहरू सिद्धान्त, देश र जनताप्रति समर्पित हुनुपर्ने ज्ञवालीको जोड थियो । सुखी नेपाली समृद्ध नेपाल एमालेको मुख्य ध्येय भएको चर्चा गर्दै ज्ञवालीले देश समृद्ध मात्र भएर नभई जनता सुखी पनि हुनुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) केन्द्रीय सचिव पद्मा अर्यालले चुनाव वर्ग सङ्घर्ष भएको चर्चा गर्दै उक्त लडाइँमा दलाल पुँजीवादलाई पराजित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्यूरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपानेलगायतले पार्टीलाई बलियो बनाएर लैजानुको विकल्प नभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर