विद्यालयको पर्खाल भत्किदा ७ वर्षीय बालक कपिलको मृत्यु • OSNepal

विद्यालयको पर्खाल भत्किदा ७ वर्षीय बालक कपिलको मृत्यु

Osnepal Admin (KTM) March 26, 2023 0

बाजुरा :  बाजुरामा विद्यालयको पर्खाल भत्किदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कक्षा २ माअध्ययनरत ७ वर्षीय बालक कपिल विक रहेका छन् ।

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयमा बिहीबार परिक्षा दिएर घर फर्किने बेला पर्खाल भत्किएर घाईते भएका विककोधनगढी लैजाने क्रममा मार्तडी जिल्ला अस्पताल पुग्न नपाउँदै बाउली खोला नजिकै बाटोमा नै मृत्यु भएको बताइएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस : धामीझाँक्रीको भर परेर समयमै उपचार नपाउदा गर्भवती कल्पनाले अकालमा गुमाइन ज्यान – कैलाली – कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेकी २२ वर्षीया गर्भवतीको ज्यान गएको छ। ज्यान जानेमा कल्पना विक रहेकी छन् ।घरनजिकै अस्पताल भए पनि धामी बोलाएर कल्पना विकको उपचार थालिएको थियो।

बिहानभर ती धामीले कल्पनालाई निको पार्न नसकेपछि फे्ी अर्को धामीको लगेको र त्यहा पनि निको नभएपछि बल्ल अस्पताल लग्दा ढिलो भउका कारण उनको मृत्यु भएको हो । कल्पनाले जिब्रो बाहिर ल्याउने, –याल फाल्ने, काम्ने, झड्का आएजस्तो गर्न थालेपछि छरछिमेकी सबैले भूत लाग्यो भनेर शङ्का गरेका थिए।

उनलाई अस्पताल पु–याउन ढिलो भएकाले गर्भावस्थाको शिशुको मृत्यु भएको थियो। कल्पनाको अन्तिम जाँच फागुन ४ गते थियो तर उनी ३ गते बिहानै बिमारी भइन्।

कल्पनालाई १७ दिन सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको बताइएको छ । कल्पनालाई अस्पताल ल्याउँदा ब्लड प्रेसर बढी थियो। फोक्सो, लिभरलगायतका अङ्गले काम गर्न छाडेको ल्पनाको शरीरभरि ब्याक्टोरिया भाइरस फैलिसकेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर