सुर्खेतमा एउटै ढुङ्गाले बन्यो भगवान् शिवको मूर्ति — OSNepal

सुर्खेतमा एउटै ढुङ्गाले बन्यो भगवान् शिवको मूर्ति

LC (KTM) March 26, 2023 0

सुर्खेत १२ चैत ः सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकोइलीको शिव मन्दिरमा रहेको एउटै ढुङ्गाले बनेको अर्ध नारेश्वर भगवान् शिवको मूर्ति । यहाँ शिवरात्रिमा ठूलो मेला लाग्ने गर्दछ

यो पनि : चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी बेनिशा हमाल अब निर्देशक:काठमाडौं । चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी छन् । उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ ।

विवाह र बेहुलीलाई आधार बनाएर तयार गरिएको छोटो चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरीले अभिनय गरेका छन् ।

अभिनयमार्फत प्राप्त गरेको अनुभव र अध्ययनका आधारमा निर्देशनको सुरुआत गरेको अभिनेत्री हमालले जानकारी दिइन् ।

‘निर्देशनमा मात्र केन्द्रित हुनुपर्ने भएकाले अभिनय गरिनँ। यो मेरो सुरुआत हो’, उनले भनिन्, ‘आगामी दिनमा कथावस्तु र टिम मिलेसम्म म निर्देशनलाई निरन्तरता दिन्छु । निर्देशन गरेपछि दुवै पक्षलाई अझै बुझ्न पाएँ ।’सौर्य दैनिकमा खबर छ ।

यसमा अभिनेत्री हमालकै लेखन, शिवराम श्रेष्ठको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन छ । चौध चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री हमाल अभिनित चलचित्र ‘छक्का पञ्जा ४’ अहिले प्रदर्शनरत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर