सर्वोच्च अदालतमा गोरु ब्यायो, देश अस्थिरतामा फस्ने खतरा- कमल थापा — OSNepal

सर्वोच्च अदालतमा गोरु ब्यायो, देश अस्थिरतामा फस्ने खतरा- कमल थापा

LC (KTM) July 12, 2021 0

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका छन् ।प्रतिनिधि सभा विघटनलाई खारेज गर्दै पुनः स्थापना गर्ने निर्णय गरेसँगै थापाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा ट्विटरमा ट्विट गर्दै लेखेका छन् ‘वरिष्ठ राजनीतिज्ञ स्व। राजेश्वर देवकोटाको शब्द सापटी लिएँ – सर्वोच्चमा अदालतमा आज गोरु ब्यायो । राजनीतिक फैसला, कार्यान्वयनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।

’सर्वोच्च अदालतले सोमवार प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो । नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुनर्स्थापना गर्न पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित संवैधानिक इजलासले आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर