चौथो ओएसनेपाल म्युजिक अवार्डको आवेदन खुल्यो — OSNepal

चौथो ओएसनेपाल म्युजिक अवार्डको आवेदन खुल्यो

LC (KTM) March 27, 2023 0

काठमाडौं, १३ चैत । चौथो ओएसनेपाल म्युजिक अवार्डको आवेदन खुला गरिएको छ । ‘सांगीतिक स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन स्वरूप चौथो ‘ओएसनेपाल म्युजिक अवार्ड-२०८०’ आयोजना गर्न लागेको आयोजक ओएसनेपाल मिडिया प्रालिले जनाएको छ ।

 

अवार्डमा लोकदोहोरी, पप, आधुनिक, आधुनिक पप, देउडा, काठेलगायत गीत सङ्गीतका ६१ विधा समावेश गरिएको छ ।  जसमा सहभागिता जनाउन देश तथा विदेशबाट सजिलै फारम भर्न सकिने प्रालिले जनाएको छ ।

यसका लागि एप्लिकेसन पाटनरका रुपमा नेपालको पहिलो कमिनिटी एप्लिकेसन नेपाली पात्रो रहेको छ भने अवार्ड र फारमसम्बन्धी थप जानकारीका लागि ओएस नेपालको अनमानगर स्थित कार्यालय वा अनलाइनबाट पनि फारम भर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर