संगीतकार ऋषी खड्काको शब्द संगीतमा तयार कर्मै मेरो रैछ खोटीमा शिल्पा पोखरेल र बिक्रम — OSNepal

संगीतकार ऋषी खड्काको शब्द संगीतमा तयार कर्मै मेरो रैछ खोटीमा शिल्पा पोखरेल र बिक्रम

LC (KTM) March 27, 2023 0

काठमाडौँ । नायिका शिल्पा पोखरेल र मोडल बिक्रम बुढाथोकीको जोडी पछिल्ला दिनमा म्यूजिक भिडियोमा निकै नै रुचाइएको जोडी हो । प्रेम, रोमान्स र वियोगको कथामा बनेका भिडियोमा यो जोडीको अभिनय जिवन्त देखिन्छ । जसमध्ये रिलको दुनियाको यो हिट जोडीले अभिनय गरेको अर्को भिडियो हो कर्मै मेरो रैछ खोटी ।

जसमा गायक प्रमोद खरेलको स्वर रहेको छ । संगीतकार ऋषी खड्काको शब्द संगीत रहेको सार्वजनिक गीतमा विशाल निरौलाको एरेन्ज रहेको छ । बिक्रम चौहानले निर्देशन गरेको भिडियोले प्रेम, रोमान्स र वियोगको कथालाई देखाएको छ ।

जसमा नायिका शिल्पा पोखरेल र मोडल बिक्रम बुढाथोकीको बेजोड अभिनय देख्न सकिन्छ । प्रेममा मान्छे कतिसम्म डुब्न सक्छ भन्ने विषयलाई देखाइएको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन् । फिल्मी शैलीमा निर्माण गरिएको गीतलाई शाईराम पिक्चर्स प्रालीले बजारमा ल्याएको हो । हेर्नुहोस् यो मर्मस्पर्शी गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर