जङ्गी अड्‌डामा प्रधानसेनापतिद्वारा डा.अरुण शर्मालाई दर्ज्यानी चिन्ह प्रदान — OSNepal

जङ्गी अड्‌डामा प्रधानसेनापतिद्वारा डा.अरुण शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

LC (KTM) March 27, 2023 0

काठमाडौँ, १३ चैत प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका डा। अरुण शर्मालाई प्रधानसेनापति प्रभुराम शर्माले सोमबार जङ्गी अड्‌डामा दर्ज्यानी चिन्ह प्रदान गर्दै ।

यो पनि : अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी: गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर जारी भए पनि हालसम्म प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी अझै फरार छन् ।

२०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि नै फरार रहेका कोइरी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ वाट निर्वाचित भएका हुन् ।

सुरक्षाकर्मी थमन विकको हत्या गरेको आरोप लागेका संसद कोइरी निर्वाचित भएपछी प्रहरीको आँखा छल्दै  दुईपटक संसद भवन छिरेका थिए ।

दुई दुईपटक संसदमा जाँदा पनि पक्राउ पर्न गर्न नसकेपछि चौतर्फी विरोध भएसँगै गृह मन्त्रालयले गत ६ माघमा सांसद कोइरीलाई पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । तर, दुई महिना नाघिसक्दा पनि उनी पक्राउ पर्न सकेका छैनन् ।

नेकपा एमालेबाट निर्वाचित संसद कोइरीलाई एमालेले नै संरक्षण गरेको आरोप छ भने उनलाई सरकारले नै जोगाएको पनि आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर