न्यायिक सम्मेलनमा प्रधानमन्त्री दाहाल र महानगर प्रमुख शाह भलाकुसारी गर्दै — OSNepal

न्यायिक सम्मेलनमा प्रधानमन्त्री दाहाल र महानगर प्रमुख शाह भलाकुसारी गर्दै

LC (KTM) March 29, 2023 0

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह । तस्बिर ः प्रदीपराज वन्त÷रासस

यो पनि: प्राङ्गारिक मल प्रयोग गर्न सुझाव-तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय छ दशमलव तीन भन्दा कम रहेको पाइएकाले बालीमा प्राङ्गारिक मल प्रयोग गर्न सुझाव दिइएको छ । उपमहानगरपालिकाका विभिन्न स्थानको करिब सात सय ५० नमूनाको परीक्षण गर्दा माटोको अम्लियपन छ दशमलव तीन भन्दा कम रहेको पाइएको हो । तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले अहिले तुलसीपुरका माटोको अम्लियपन छ दशमलव तीन भन्दा कम रहेकाले उत्पादन घटिरहेको भन्दै प्राङ्गारिक मल हाल्न सुझाव दिएको बताउनुभयो । “अहिले तुलसीपुरको माटोको अम्लियपन घटिरहेको छ ।

यसले उत्पादन पनि घटिरहेको छ”, उहाँले भन्नुभयो । प्रमुख गौतमले माटोमा नाइट्रोजन, प्राङ्गारिक पदार्थ, फसफोरसको मात्रा कमी रहेको पाइएको बताउनुभयो । पोटासको मात्रा मध्यम रहेकाले सिफारिस गरेको मात्राका आधारमा मात्रै प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । प्रमुख गौतमका अनुसार जति सिफारिस गरिएको छ, त्यति मात्रै चुन प्रयोग गर्नुपर्ने, प्राङ्गारिक मल एक हजार केजी प्रतिकट्ठा मात्रै प्रयोग गर्नुपर्छ । “बिरुवालाई विभिन्न १६ खाद्य तत्व आवश्यक पछ्र्र तर रासायनिक मलले तीन किसिमका तत्व मात्रै प्रदान गर्ने भएकाले प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने छ”, उहाँले भन्नुभयो । उपमहानगरपालिकाका १९ वटै वडामा माटोको परीक्षण गरिएको हो । माटोमा अम्लियपन बढाएर छ दशमलव पाँच पु¥याउनका लागि प्राङ्गारिक मल हाल्न सुझाव दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर