• २०७८ साउन १६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

३५ लाख पर्ने बायोकेमेष्ट्रि एनालाईजर मेसिन प्रदेश सरकारद्धारा खोटाङ जिल्ला अस्पताललाई हस्तान्तरण

३५ लाख पर्ने बायोकेमेष्ट्रि एनालाईजर मेसिन प्रदेश सरकारद्धारा खोटाङ जिल्ला अस्पताललाई हस्तान्तरण


  • ओएसनेपाल
  • असार २८ २०७८, सोमबार
  • १२:३० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 8.8K
    SHARES

    प्रदेश १ सरकारले खोटाङ जिल्ला अस्पताललाई फुल्ली अटोमेटिक बायोकेमेष्ट्रि एनालाईजर मेसिन हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईले खोटाङ अस्पतालका ल्याव टेक्निसियन शेखर अधिकारीलाई सो मेसिन हस्तान्तरण गरेकी हुन् ।

    प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र, विराटनगरले खरिद गरेको सो मेसिन खोटाङ अस्पताललाई हस्तान्तरण गरिएको हो । जिल्ला अस्पतालमा अत्यधिक विरामीको चाप रहेकाले सुगर, लिभर फङ्सन लगायतको परीक्षणमा समस्या हुँदै आएको थियो ।

    सो मेसिनले एक घण्टामा साढे ३ सय नमूना परीक्षण गर्ने प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख सम्भु साहले जानकारी दिए । एकै पटकमा ७२ वटा नमूनाहरु राख्न सकिने उहाँले बताउनुभयो । फुल्ली अटोमेटिक बायोकेमेष्ट्रि एनालाईजर मेसिनको बजार मुल्य करिव ३५ लाख सम्म पर्ने साहको भनाई छ ।

    सामाजिक विकास मन्त्री राईले जिल्ला अस्पतालहरुलाई आवस्यकता आधारमा स्वास्थ्य उपकरणहरु प्रदेश सरकारले प्रदान गर्दै जाने बताउनुभयो । खोटाङ अस्पतालका ल्याव टेक्निसियन अधिकारीले परीक्षणमा सहज हुने र उपचारमा पनि सरलता आउने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com