छिट्टै बिहे गर्ने भन्दै आएका श्रृष्टी श्रेष्ठ र सौगात मल्लको ब्रेकअप ! — OSNepal

छिट्टै बिहे गर्ने भन्दै आएका श्रृष्टी श्रेष्ठ र सौगात मल्लको ब्रेकअप !

LC (KTM) March 30, 2023 0

काठमाडौं -फिल्मी बजारमा सौगात मल्ल र श्रृष्टी श्रेष्ठको ब्रेकअप भएको चर्चा चल्न सुरु भएको छ । ६ लाख भन्दा बढी फलोअर्स भएको इन्स्टाग्राम एकाउन्टबाट नायिका तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले नायक सौगात मल्लसँगका सबै तस्विर हटाएपछि ब्रेकअपको चर्चा सुरु भएको हो ।

श्रृष्टीको इन्स्टामा सौगातसँगका कुनै पनि तस्विर छैनन् । उनीहरूले एकैसाथ काम गरेको फिल्म ‘माइकल अधिकारी, पोइ पर्यो काले’को मात्र पोष्टर देखा परेकी छन् ।फिल्म ‘राधा’ रिलिजसम्म पनि सौगात र श्रृष्टी एकैसाथ थिए । तर, पछिल्लो समय श्रृष्टीको इन्स्टा हेर्ने हो भने उनले सौगातसँगको कुनै पनि तस्विर राखेकी छैनन् । यसैले, पनि यी दुइबिचको सम्बन्धमा खटपट भएको वुझ्न सकिन्छ ।

कुनै समय सौगात र श्रृष्टीका मात्र तस्विर भेटिन्थे । यो विषयमा सौगात र श्रृष्टीले भने केही पनि बोलेका छैनन् । फिल्म ‘गाजलु’ रिलिज भएपछि सौगात र श्रृष्टी नजिक भएका थिए । यसपछि, उनीहरू लामो समय लिभिङ टूगेदरमा पनि बसे । सौगातले श्रृष्टीसँग बिहे गर्ने भन्दै युके पुगेर श्रृष्टीको परिवारसँग कुरा पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर