ऋषि कपूरको निधनपछि एक्लिइन् नीतू, यसकारण बसिनन् छोराछोरीसँग ? — OSNepal

ऋषि कपूरको निधनपछि एक्लिइन् नीतू, यसकारण बसिनन् छोराछोरीसँग ?

LC (KTM) May 14, 2021 0

मुम्बई– अभिनेता ऋषि कपूरको निधन पछि उनकी पत्नी नीतू कपूर एक वर्षदेखि एक्लै छिन् । पतिको निधन पछि उनी एक्लै बसेकी छन् । उनले आफु एक्लै बस्न रुचाउनुको कारण पनि खुलाएकी छन् ।भारतिय मिडिया दैनिक भाष्करमा उनले आफूलाई गोपनियता मनपर्ने भएकाले ऋषिको निधनपछि छोराछोरीसँग नबसेको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन् ‘म आफ्नो सन्तानलाई उनीहरुकै जीवनमा व्यस्त हुन दिन्छु । म उनीहरुलाई मेरो मुटुमा रहनु, मेरो शीरमा नचढ्नु भन्छु । महामारीका समयमा जब रिद्धिमा मसँग एक वर्ष बसिन्, त्यो बेला म निकै तनावमा थिएँ । किनकी उनी फर्किइनन् । म बेचनै थिएँ, म ‘उसलाई तिमी जाऊँ, भरत एक्लै छ’ भन्थें । म एक्लै जीउन चाहन्थें’ ।

आफ्नो सन्तानलाई जीवनमा आफैं अघि बढ्न प्रेरित गर्नुपर्ने भएकाले छोराछोरी भेटन् आए पनि उनी छोराछोरीलाई घर फर्किन आग्रह गर्छिन् । नीतूले ऋषिको निधन भएपछि फिल्ममा पुनः काम सुरु गरेकी छन् । उनी फिल्म ‘जुग जुग जियो’मा देखिँदैछिन् । फिल्ममा अनिल कपूर, किआरा आडवाणी, वरुण धवन पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर