भारतमा ह्वात्तै घट्यो कोरोना संक्रमण — OSNepal

भारतमा ह्वात्तै घट्यो कोरोना संक्रमण

LC (KTM) July 13, 2021 0

काठमाडौँ– भारतमा थप २७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ४०४ जनामा संक्रमण भएको हो । यो सुँगै भारतमा सकृय संक्रमितको संख्या ३ करोड ९ लाख १ हजार ३११ पुगेको छ ।

यस्तै त्यहाँ एकै दिन ४९५ संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा मृत्यु हुनेको संख्या ४ लाख ९ हजार २८७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ३९ हजार ५६३ जना संक्रिय संक्रमित छन् ।

यो पनि पढ्नुहोस, वैदेशिक रोजगारमा जाने श्रमिकलाई चीनबाट हालै ल्याएको कोरोनाको खोप दिइने – काठमाडौँ । सरकारले खोप अनिवार्य गरेका वैदेशिम रोजगार गन्तव्यमा जाने नेपाली श्रमिकका लागि खोप लगाउने भएको छ । चीनबाट हालै ल्याइएको खोप वितरणको प्राथमिकतामा उनीहरुलाई राखेको हो ।

खोप मङ्गलबारदेखि दिइने बताइएको छ । त्यस्तै सार्वजनिक यातायातका चालक सहभालकलाई पनि खोप दिइने जनाइएको छ । खोप नपाउँदा वैदेशिक रोजगारीमा जानेहरु समस्यामा रहेका थिए । खाडी मुलुकहरुले खोप नलगाएका श्रमिकलाई १० दिन होटल क्वारेीनटनमा बस्नु पर्ने र खर्च पनि स्वयंले व्यहोर्नु पर्ने नियम बनाएका थिए ।

कतारबाट घर बिदामा आउनुभएका बाग्लुुङका विशाल अधिकारीको कम्पनीले दिएको बिदा सकिएको एक महिना भइसक्दा पनि जान नपाएको बताउनुभयो । श्रमिक अधिकारीले भन्नुभयो, “कतार गएर होटल क्वारेन्टाइनमा बसेको पैसा तिर्नसक्ने अवस्था छैन । त्यसैले सरकारले हामीजस्ता श्रमिकका लागि खोपको व्यवस्था गरिदिए हुन्थ्यो । ”यो खबर आजको गोरखपात्र दैनिकमा छापिएको छ ।

“स्वदेशमै केही गरौँ भने पनि लगानी गर्ने पैसा छैन । ऋण गरेर स्वदेशमै केही गरौँ भने पनि कसैले पत्याउँदैन,” अधिकारी भन्नुभयो, “विदेश नगई उपाय नै छैन, नगए कसरी घर चलाउने र रु सरकारले हामीजस्ताका लागि जसरी पनि आएका खोपलाई प्राथमिकतामा राखेर खोप दिनुप(यो । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर