साल फुलेर राजमार्ग सुगन्धित — OSNepal

साल फुलेर राजमार्ग सुगन्धित

LC (KTM) April 04, 2023 0

सिन्धुलीअन्र्तगत रहेकोे वीपी राजमार्ग । हल्का बर्षा भएसँगै पिपलभज्याङदेखि हिरापानीसम्मको दायाँबायाँ फुलेका सालका फुलले राजमार्ग सुगन्धित बन्दै । सबैतिर हराभरा र प्रकृति रङ्गीविरङ्गी देखिएको छ । यो बसन्त ऋतुको विशेषता हो ।

यो पनि : आजको मौसमः सुदुरपश्चिम प्रदेशलगायत पहाडी भुभागमा पानी पर्ने : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती भने  देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एकदुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश लगायत देशका  पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन रचट्याङ्गबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर