सरकारमा सहभागिताको विषयमा छलफल गर्न जसपाको बैठक शुरु — OSNepal

सरकारमा सहभागिताको विषयमा छलफल गर्न जसपाको बैठक शुरु

LC (KTM) July 13, 2021 0

काठमाडौं २९ असार । जनता समाजवादी पार्टी जसपा को केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु भएको छ ।

सरकारमा सहभागिताको विषयमा छलफल गर्न पार्टी कार्यालय बालकुमारीमा जसपाको बैठक शुरु भएको हो । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल गर्न बैठक बसेको जनाइएको छ ।

बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई लगायतका नेताहरुको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर