'म जनताको आदेशबाट सरकारबाट बाहिरिएको होइन, सर्वोच्चको परमादेशबाट बाहिरिन पुगेको हो' — OSNepal

‘म जनताको आदेशबाट सरकारबाट बाहिरिएको होइन, सर्वोच्चको परमादेशबाट बाहिरिन पुगेको हो’

LC (KTM) July 13, 2021 0

काठमाडौं २९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र आफ्नो जीवन भएको बताएका छन् । अजा देशवासीको नामा सम्बोधन गर्दै बालुवाटार छोड्न लागेका ओलीले यस्तो बताएका हुन् ।

जनताको आदेशबाट आफु सरकारबाट बाहिरिएको होइन भन्दै ओलीले सर्वोच्चको परमादेशबाट बाहिरिनु परेको बताएका छन् । सम्बोभनमा ओलीले सर्वोच्चको फैसलाले क्षणिक हर्षित बनाएपनि लोकतन्त्रको मूल्यमा प्राप्त विजय क्षणभंगुर र अर्थहीन हुन जाने बताएका छन् ।

सर्वोच्चको फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको सन्तुलन भंग भएको आरोप लगाएका ओलीले सम्बोधनमा भनेका छन्, ‘यसले क्षणिक रुपमा कसैलाई हर्षित तुल्याउला । कसैभित्र विजेताको भाव पनि ल्याउला,तर लोकतन्त्रको मूल्यमा प्राप्त विजय क्षणभंगुर र अर्थहीन हुन जानेछ ।

अहिले पनि आफुसँग जनताको मत र विश्वास रहेको दावी गरेका ओलीले कोरोना नियन्त्रण गर्न आफ्नो सरकार सफल भएको समेत दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर