सरकारबाट बाहिरिनु परेकोमा मलाई रत्तिभर पनि चिन्ता छैन्,तर आसन्न राजनीतिक विकृति र जोखिमप्रति चिन्ता बढेको छ — OSNepal

सरकारबाट बाहिरिनु परेकोमा मलाई रत्तिभर पनि चिन्ता छैन्,तर आसन्न राजनीतिक विकृति र जोखिमप्रति चिन्ता बढेको छ

LC (KTM) July 13, 2021 0

काठमाडौँ २९ असार । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले चौतर्फी विकाश गरेको दावी गरेका छन् । सरकारबाट विदा लिने क्रममा देशवासीका नाममा गरेको सम्बोधनमा ओलीले आफू सरकारबाट बाहिरिनु परेकोमा रत्तिभर दुख नलागेको भन्दै यस्तो बताएका हुन् ।

सिंहदरबारबाट देशवारबाट देशवासीको नाममा सम्बोधन गर्दै ओलीले भने,‘सरकारबाट बाहिरिनुपरेकोमा मलाई रत्तिभर पनि चिनता छैन् । मैले जनताको पक्षमा काम गरेको हुँ । विकास, सुशासन र समृद्धिलाई ध्यानामा राखेर सम्पूर्ण इमानदारीताका साथ काम गरें । नयाँ नयाँ भीजन दिएर काम गरेको हुँ ।’

आफ्नो सरकारमा जनताले राहत महशुस गरेको दावी गरेका ओलीले आफ्नो काम प्रति खुसी भएको समेत बताएका छन् । आफु सरकारबाट बाहिरिदै गर्दा आसन्न राजनीतिक विकृति र जोखिम प्रति आफ्नो चिन्ता बढेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर